Rule 48
सजाय गर्ने अधिकारी तोकिएको
(१) कुनै व्यक्ति वा संस्थाले ऐनको दफा ४ बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी प्रस्ताव स्वीकृत नगराई कुनै कार्य गरेमा ऐनको दफा१८ को उपदफा (१) बमोजिम सजाय गर्ने अधिकारी सम्बन्धित निकाय हुनेछ ।
(२) कुनै व्यक्ति वा संस्थाले ऐनको दफा ४ बमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रस्ताव स्वीकृत नगराई कुनै कार्य गरेमा ऐनको दफा १८ को उपदफा (१) बमोजिम सजाय गर्ने अधिकारी मन्त्रालय हुनेछ ।
(३) कुनै उद्योगले नियम १६ बमोजिम प्रमाणपत्र नलिई उद्योग सञ्चालन गरेमा वा कुनै व्यक्ति, संस्था वा उद्योगलाई नियम १८ बमोजिम प्रदूषण नियन्त्रण गर्न वा फोहरमैला निष्काशन नगर्ने सूचना गर्दा पनि प्रदूषण नियन्त्रण नगरेमा वा फोहरमैला निष्काशन गरेमा ऐनको दफा १८ को उपदफा (२) बमोजिम सजाय गर्ने अधिकारी सम्बन्धित निकाय हुनेछ । (४) कसैले नियम २३ को उपनियम (२) बमोजिम दिइएको आदेश बमोजिम कुनै काम नगरेमा ऐनको दफा १८ को उपदफा (२) बमोजिम सजाय गर्ने अधिकारी मन्त्रालय हुनेछ ।
(५) कसैले पञ्जिकामा समावेश भएका वा राष्ट्रिय सम्पदा भित्रका वस्तु, स्थल,वनस्पति, जीवजन्तु आदिको नियम २८ बमोजिम हानी नोक्सानी हुने कुनै कार्य गरेमा ऐनको दफा १८ को उपदफा (२) बमोजिम सजाय गर्ने अधिकारी सम्बन्धित निकाय हुनेछ । (६) कसैले नियम ३२ बमोजिम स्वीकृति नलिई वा तोकिएको शर्त विपरीत कुनै काम गरेमा ऐनको दफा १८ को उपदफा (२) बमोजिम सजाय गर्ने अधिकारी सम्बन्धित निकाय
हुनेछ ।
(७) कसैले यस नियममा माथि लेखिएदेखि बाहेकका ऐन वा अन्य नियमावली विपरीतको कुनै काम गरेमा ऐनको दफा १८ बमोजिम सजाय गर्ने अधिकारी मन्त्रालय हुनेछ ।